त्रिविले तोक्यो एमबीबीएस र बीडीएस शुल्क 

0
Shares

TU_logo_nepalकाठमाडौँ , १९ कात्तिक

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान( आईओएमले)ले आफू अन्तर्गतका मेडिकल कलेजमा एमबीबीएस र बीडीएस अध्ययन गर्नका लागि शुल्क सीमा तोकेको छ । आइओएमले तोकिएको शुल्क कति किस्तामा तिर्न सकिने भन्ने समेत स्पष्ट पारेको छ ।

आइओएम डीन कार्यालयले बुधबार जारी गरेको सूचना अनुसार एमबीबीएस लागि काठमाडौँ उपत्यका भित्रका मेडिकल कलेजहरुले ३५ लाख रुपैयाँ सम्म लिन सक्ने छन् । त्यसैगरी उपत्यका बाहिरका कलेजहरुले ३८ ला ख ५० हजार रुपैयाँ सम्म लिन सक्नेछन ।

बीडीएस अध्ययनका लागि भने उपत्यका र उपत्यका बाहिरका कलेजलाई एउटै शुल्क तोकिएको छ । नयाँ शुल्क अनुसार दुबैस्थानका कलेजहरुले १७ लाख ५६ हजार ९ सय रुपैयाँ भन्दा बढी शुल्क लिन पाउने छैनन् ।

डीन कार्यालयले शुल्क बुझाउने किस्ता बारे समेत स्पष्ट पार्दै भर्ना हुने बेलामा ५० प्रतिशत किस्ता बुझाएमा दोस्रो किस्ता तेस्रो बर्षमा ३० प्रतिशत र बाकी २० प्रतिशत चौथो बर्षमा बुझाउन सकिने भनेको छ ।

चिकित्साशिक्षा सुधारका लागि गठन भएको माथेमा आयोगको सुझाव अनुसार आइओएमले शुल्क सिमा तोकेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *