स्वास्थ्य बीमा बोर्डको नयाँ कार्यकारी निर्देशक छनौटका लागि पुन: दरखास्त आव्हान

काठमाडौँ, ३१ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको नयाँ कार्यकारी निर्देशक छनौटका लागि पुन: दरखास्त आव्हान गरेको छ ।
यसअघि सोही पदमा दरखास्त आव्हान गरी ३० दिन पछि रद्द गरेको मन्त्रालयले आज पुन: नयाँ सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो ।
यसअघि २ असारमा १५ दिनको समयसिमा तोकेर गरिएको गरिएको दरखास्त आव्हानमा १२ जनाको आवेदन परेको थियो । हिजो सो दरखास्त रद्द गरेपछि आज दोस्रो पटक सूचना निकालेको हो तर मन्त्रालयले वेव साइटमा भने प्रथम पटकको सूचना भनिएको छ ।
नयाँ सूचना अनुसार योग्यता पुगेको इच्छुक व्यक्तिले १० दिन भित्र दरखास्त हाल्नु पर्ने छ । शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, जनस्वास्थ्य, चिकित्साशास्त्र वा स्वास्थ्य अर्थशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धी क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त व्यक्तिले दरखास्त हाल्न सक्ने भनिएको छ ।
दरखास्तवालाको उमेर ६५ वर्ष ननाघेको हुनु पर्ने उल्लेख छ ।
बिस्तृत जानकारीका लागि यहाँ क्लिक गरेर हेर्नुहोस् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

