सरकारी तथा निजी अस्पतालमा जडान भएका अत्याधुनिक उपकरणको अध्ययन गरिदै

काठमाडौँ, ३० चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान भएका अत्याधुनिक चिकित्सा उपकरणहरूको गुणस्तर तथा विकिरण सुरक्षा अवस्थाबारे अध्ययन तथा अनुगमन गर्ने भएको छ ।

मन्त्रालयले त्यसका लागि वीर अस्पतालका मेडिकल फिजिसिष्ट डा. कञ्चन प्रसाद अधिकारी र रेडियोलोजिष्ट डा. हरिओम जोशीलाई खटाएको छ ।

चिकित्सकद्धयलाई सरकारी तथा निजी अस्पतालमा जडान भएका एमआरआई, सीटी स्क्यान, क्याथ ल्याब तथा पेट सीटी स्क्यान जस्ता उपकरणहरूको प्रयोग, मापदण्ड र सुरक्षा व्यवस्थाबारे अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

अत्याधुनिक इमेजिङ प्रविधिको प्रयोग बढ्दै गएसँगै विकिरण सुरक्षा र उपकरणको गुणस्तरबारे प्रभावकारी अनुगमन आवश्यक देखिएको मन्त्रालयले जनाएको छ। यस अध्ययनले देशभरको बास्तविक अवस्था पहिचान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले यो अध्ययनले स्वास्थ्य सेवामा विकिरण सुरक्षा मापदण्डको कार्यान्वयन सुदृढ गर्न तथा उपकरणहरूको गुणस्तर सुधार गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *