कान्तिपुर डेन्टल कलेजलाई यसवर्षको स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड

16
Shares

काठमाडौँ, २८ चैत । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौँलाई सम्मान गरिएको छ ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको १० औँ बार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौँमा आयोजित विशेष समारोहमा पूर्वस्वास्थ्यमन्त्री सुधा गौतम शर्माले कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौँलाई हेल्थ अवार्ड प्रदान गरिन ।

मुख र दाँत स्वास्थ्यको क्षेत्रमा संस्थागत विकासका लागि पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौँलाई राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट सम्मान गरिएको आयोजकले बताएका छन् ।

अवार्ड लागि केडीसीका तर्फबाट प्रिन्सिपल प्राडा रबिन्द्रमान श्रेष्ठ, अस्पताल निर्देशक डा प्रतिक्षा श्रेष्ठ, सीईओ प्रतिकमान श्रेष्ठ उपस्थित थिए ।

नेपालका सात वटै प्रदेशबाट छनौट गरी स्वास्थ्य क्षेत्रमा योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र संस्थालाई गरी २० वटा अवार्ड वितरण गरिएको अध्यक्ष सन्दीप श्रेष्ठले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *