‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’बाट टिजिगका कार्यकारी निर्देशक वैद्य सम्मानित

52
Shares

काठमाडौँ, २८ चैत । टिजिग फर्मा प्रालि, काठमाडौँका कार्यकारी निर्देशक शैलेश वैद्यलाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ बाट सम्मान गरिएको छ ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री डा. सुधा गौतम शर्माले वैद्यलाई हेल्थ अवार्ड प्रदान गरेकी हुन् ।

नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधी उत्पादन गरेका वैद्यलाई औषधी उत्पादनको क्षेत्रबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बताए ।

नेपालका सात वटै प्रदेशबाट छनौट गरी स्वास्थ्य क्षेत्रमा योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र संस्थालाई गरी २० वटा अवार्ड वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कले हरेक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *