थपिए दुई नयाँ मन्त्री, उद्योगमा गौरीकुमारी र श्रममा रामजी यादव नियुक्त

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै थप दुई जना नयाँ मन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्री शाहले शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका हुन्।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का बहालवाला सांसद हुन्।
नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
शपथ ग्रहणलगत्तै उनीहरूले आ-आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 