त्रिवि शिक्षण अस्पतालमा पनि लागू हुने भयो दुई दिने साप्ताहिक विदा

48
Shares

काठमाडौँ, २६ चैत । सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा पनि लागू हुने भएको छ ।

मन्त्रिपरिषद्को निर्णयलाई टेकेर त्रिवि कार्यकारी परिषद्ले गत २३ चैतमा गरेको निर्णयलाई अस्पताल प्रशासनले कार्यान्वयन गर्ने जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा शनिबार र आइतबार बाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थको प्रयोगलाई नियन्त्रण तथा उपलव्धतालाई सहज बनाउन गत २२ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ताले यो निर्णय सरकारी कार्यालय र शिक्षण संस्थाहरुमा लागू हुने भनेका थिए ।

नेपाल चिकित्सक संघले भने अस्पताल तथा स्वास्थ्य संस्थामा पनि सरकारको दुई दिने विदा दिने निर्णय लागू गर्न माग गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *