ईशान बाल तथा महिला अस्पतालले मनायो विश्व बाल शल्य चिकित्सा दिवस

काठमाडौँ, २४ चैत । आज ७ अप्रिल अर्थात विश्व बाल शल्य चिकित्सा दिवस, विश्वभर सचेतनामुलक कार्यक्रम गरि यो दिवस मनाइएको छ । यता नेपालमा पनि बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले बाल स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम गरि यो दिवस मनाएको छ ।

दिवसका अवसरमा अस्पतालले बालबालिकाको स्वास्थ्य आवश्यकताहरू वयस्कभन्दा फरक हुने तथ्यलाई उजागर गर्दै विशेष ध्यान दिनुपर्ने विषयमा आम नागरिकलाई जानकारी गराएको छ । अस्पतालका निर्देशक एवं बरिष्ठ बाल शल्य चिकित्सक प्राडा रामनन्दनप्रसाद चौधरीले बढ्दो उमेरका बालबालिकाको शरीर आफ्नै जैविक नियमअनुसार विकास हुने भएकाले उनीहरूलाई लक्षित गरेर उपचार तथा शल्यचिकित्सा आवश्यक पर्ने बताए ।

उनले बाल शल्यचिकित्सकहरूले जटिल स्वास्थ्य समस्या र बालबालिकाको संवेदनशील अवस्थाबीच सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै बालबालिकाहरुमा देखिने लक्षण तथा व्यवहारलाई हेरेर अभिभावकले छिटो भन्दा छिटो विशेषज्ञकहाँ पुरयाउनु पर्ने बताए । कुनै पनि शल्यसम्बन्धी समस्या देखिएमा बाल शल्यचिकित्सामा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने उनको सुझाव छ।

प्राडा चौधरीले गुणस्तरीय शल्यचिकित्सा सेवा पाउनु बालबालिकाको आधारभूत अधिकार रहे पनि त्यसो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

धापासीस्थित ईशान बाल तथा महिला अस्पताल बाल शल्य चिकित्सा तथा उपचारका लागि बहु विशेषज्ञ अस्पतालको रुपमा परिचित छ । ५० शैय्या स्विकृति प्राप्त यस अस्पतालले निकट भविस्यमा नै ५० शैय्या थपेर १०० शैय्यामा विस्तार गर्ने योजना रहेको बताएको छ ।

अस्पतालका निर्देशक प्राडा चौधरीले ईशानमा बालबालिकाको मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने योजना रहेको समेत सुनाए ।
आकस्मिक कक्षमा २४ घण्टा नै एमडी पेडियाट्रिक्स तथा रजिष्ट्रारबाट सेवा उपलव्ध भएको बताउदै उनले आईएसओ ९००१- २०१५ क्लालिटी म्यानेजमेन्ट सर्टिफाइड अस्पताल रहेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *