पेट्रोलियम पदार्थमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय

72
Shares

काठमाडौं, २४ चैत । सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मध्यपूर्वको तनावका कारण कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएपछि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय उपभोक्तालाई राहत दिन पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले इन्धनको खपत घटाउन शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने तथा विद्युतीय सवारी र इथानोल प्रयोगलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गरिएको बताइन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *