अतिरिक्त स्वास्थ्य सचिवका लागि यसपटक चिकित्सक र नर्सबीच प्रतिस्पर्धा

920
Shares

काठमाडौँ, २४ चैत । लोक सेवा आयोगका ‘सम्मानीय ज्यू’हरुले समय दिन ढिलाई नगरे अबको केही दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ अतिरिक्त स्वास्थ्य सचिव पाउने छ ।

अतिरिक्त स्वास्थ्य सचिव (१२ औँ तह) का डा. टंकप्रसाद बाराकोटीले गत १९ कात्तिकमा पदबाट राजिनामा दिए पछि अहिले एक पद खालि छ । त्यसमा पदपूर्ति गर्न मन्त्रालयको बढुवा समितिले गत २८ मंसिरमा १५ दिनको म्याद राखी आवेदन मागेको थियो । सो अवधीभर १४ जनाले आवेदन दिएका थिए ।

त्यसपछि फटाफट हुनु पर्ने काम बीचमा सुस्ताएको थियो । सबै आवेदकको कार्य सम्पादन मूल्यांकन समयमै आउन नसकेको, बढुवा समितिका पदाधिकारीहरुले समय दिन नसकेको र देशमा निर्वाचन तथा सुरु भएको आचारसंहिताका कारण यसले गति लिन नसकेको हो ।

अब भने यसले गति लिएको छ । मन्त्रालयको बढुवा समितिले आवेदकहरुको कासमु रुजु गरी अंगहरु जोडिसकेका छन् ।

स्रोतका अनुसार प्रारम्भिक मूल्यांकनमा डडेल्धुरा अस्पतालकी प्रमुख मेडिकल सुपरीटेण्डेन डा सुधा देवकोटा र लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको रुपमा कार्यरत नर्स दुर्गालक्ष्मी श्रेष्ठ अगाडी देखिएका छन् । ‘एक पदका लागि दुई जनाको नाम सिफारिस हुने हो । त्यसमा डा सुधा र दुर्गा लक्ष्मी ज्यूको नाम अघि छ । यिनै दुईवटा नामबाट बढुवाका लागि सिफारिस सिफारिस होला,’ मन्त्रालय स्रोतले भन्यो ।

बढुवा समितिले बरिष्ठता, कार्यकुशलता तथा दुर्गमको नम्बरहरु जोडेर एक पदका लागि शीर्ष दुई जनाको नाम पठाउने गर्दछ ।
मन्त्रालयले गर्नुपर्ने कामहरु सकिएको अवस्था छ । अब बढुवा समितिको बैठक बस्नु पर्‍यो, सो बैठकबाट भएको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवाको निर्णय गर्ने हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव (प्राविधिक र प्रशासन) बाहेक थप चार पद स्वास्थ्य समूहबाट अतिरिक्त स्वास्थ्य सचिव (१२ औँ तह) का रहेका छन् । ती चार पदमध्ये अहिले डा श्रीकृष्ण श्रेष्ठ र डा केशरबहादुर ढकाल मात्रै क्रियाशील छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *