प्रतिनिधि सभाको सभामुख पदमा डीपी अर्याल निर्वाचित

24
Shares

काठमाडौँ, २२ चैत । प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

गत शुक्रबार सभामुख पदमा उम्मेदवारले मनोनयन गर्ने तालिका थियो । त्यसदिन अर्यालको मात्रै उम्मेदवारी परेको हो ।

आज बसेको सभाको बैठकमा सभामुखको निर्वाचनको मिति तय भएको दिन हो । सोही अनुसार आज अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुखमा एक जनाको मात्रै मनोनयन दर्ता भए प्रतिनिधिसभामा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा भएका हुन् ।

घोषणा हुनु अघि प्रस्तावक रहेका रबि लामिछाने र समर्थक डा स्वर्णिम वाग्ले, सुनील लम्साल र सोभिता गौतमले प्रस्ताव गर्नुको कारण तथा समर्थन गर्नुको कारणसहित धारणा राखेका थिए ।

सभामुख चयन भएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ ।

उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *