क्षयरोग सम्बन्धि ७ भ्रम र बास्तविकता

76
Shares

काठमाडौँ, १० चैत । आज विश्व क्षयरोग दिवस । “हो हामी क्षयरोग अन्त्य गर्छौ राष्ट्रिय अभियान हाम्रो योगदान” भन्ने नारासहित आज यो दिवस मनाईदै छ ।

यस दिवसको मुख्य उद्देश्य नेपाली समाजमा रहेको क्षयरोग (टीबी)बारेमा सचेतना फैलाउनु र क्षयरोग मुक्त समाजको निर्माणमा सहयोग गर्नु हो ।

क्षयरोग अझै पनि विश्वभर र नेपालमा प्रमुख स्वास्थ्य चुनौतीको रूपमा रहिरहे पनि धेरै मानिसहरु यसबारे गलत बुझाइका कारण उपचार ढिला हुने गरेको छ । जसका कारण रोग फैलिन्छ र उपचारको प्रभावकारितामा समेत असर पुग्दछ । त्यसकारण आज हामीले यहाँ क्षयरोग सम्वन्धी सुनिएका केही भ्रम र सत्य कुरालाई यहाँ प्रस्तुत गरेका छौँ ।

१.  भ्रम: क्षयरोग वंशानुगत रोग हो

सत्य: क्षयरोग वंशानुगत होइन। यो जीवाणु (ब्याक्टेरिया)बाट सर्ने सङ्क्रामक रोग हो।

२. भ्रम: धूम्रपान गर्ने मानिसलाई मात्र क्षयरोग हुन्छ

सत्य: धूम्रपानले जोखिम बढाउँछ, तर जोसुकैलाई पनि क्षयरोग  हुन सक्छ । विशेष गरी कमजोर प्रतिरक्षा भएका व्यक्तिलाई।

३. भ्रम: क्षयरोग केवल गरिब मानिसको रोग हो

सत्य: क्षयरोग जुनसुकै वर्ग, उमेर वा आर्थिक अवस्थाका मानिसलाई हुन सक्छ।

४. भ्रम: क्षयरोग निको हुँदैन

सत्य: क्षयरोग पूर्ण रूपमा निको हुने रोग हो। समयमै परीक्षण र पूरा औषधि सेवन गरेमा निको हुन्छ।

५. भ्रम: क्षयरोग भएका व्यक्तिसँग बस्दा तुरुन्तै सर्छ

सत्य: लामो समयसम्म नजिकको सम्पर्क भएमा मात्र सर्ने सम्भावना बढी हुन्छ। सामान्य सम्पर्कबाट सजिलै सर्दैन।

६. भ्रम: औषधि केही दिन खाएपछि ठीक भएजस्तो लागेपछि बन्द गर्न मिल्छ

सत्य: यस्तो गर्नु अत्यन्त खतरनाक हो। औषधि बीचमै छोड्दा क्षयरोग  फेरि बलियो भएर आउन सक्छ (ड्रग-रेजिस्टेन्ट टीबी हुन सक्छ)।
७. भ्रम: क्षयरोग फोक्सोमै मात्र हुन्छ

सत्य: क्षयरोग फोक्सो बाहेक शरीरका अन्य भागहरू (जस्तै हड्डी, मस्तिष्क, ग्रन्थी० मा पनि हुन सक्छ।)

याद गरौँ:

  • दुई हप्ताभन्दा बढी खोकी लागेमा तुरुन्त जाँच गराउनुहोस् ।
  • क्षयरोग निःशुल्क जाँच गर्न सकिने उपचार सम्भव भएको रोग हो ।
  • समयमै उपचार गर्दा पूर्ण निको निको हुन्छ ।

“क्षयरोग लुकाउने होइन, उपचार गर्ने रोग हो”

👉 सचेत बनौं, स्वस्थ रहौं

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *