सुरु भयो देशकै सबैभन्दा ठूलो औषधी तथा स्वास्थ्य क्षेत्रको प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२६’ (फोटो फिचर)

96
Shares

काठमाडौँ, २८ फागुन । देशकै सबैभन्दा ठूलो औषधी तथा स्वास्थ्य क्षेत्रको प्रदर्शनी नेपाल फर्मा एक्स्पो – २०२६’ आजबाट सुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) को मुख्य आयोजनामा सुरु भएको यो प्रदर्शनीको १०औँ संस्करण हो।

फार्मामा नवीनतास् भोलिको स्वास्थ्यका लागिु भन्ने मूल नाराका साथ सुरु भएको एक्स्पोको आज बिहान विशेष समारोहकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले उद्घाटन गरेकी हुन्।

तीन दिनसम्म चल्ने यस एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहेका छन्। आयोजकका अनुसार यस पटक प्रदर्शनीमा विदेशी कम्पनीहरूको बाहुल्यता रहेको छ।

कूल स्टलमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको छ, जसले विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिरहेका छन्।

बाँकी १० प्रतिशत स्टलहरूमा भने स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादनहरूलाई प्राथमिकताका साथ राखिएको छ।

नेपाल औषधि उत्पादक संघले नेपालमै विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास आम सर्वसाधारण र सरोकारवालामा दिलाउनु एक्स्पोको मुख्य लक्ष्य रहेको जनाएको छ ।

‘नेपाल फर्मा एक्स्पो देशकै सबैभन्दा ठूलो औषधी तथा स्वास्थ्य क्षेत्रको प्रदर्शनी हो, जहाँ औषधी उद्योगका नवीनतम उत्पादन, प्रविधि र नवप्रवर्तन प्रस्तुत गरिनेछन्। यस वर्षको एक्स्पोले स्वदेशी औषधी उद्योगको क्षमता र नवप्रवर्तनलाई विश्वसामु चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ,’ एक्स्पोका संयोजक समेत रहेका एपोन उपाध्यक्ष सन्तोष बरालले भने ।

प्रदर्शनीमा औषधी उत्पादक कम्पनी, स्वास्थ्य उपकरण निर्माता, फार्मास्युटिकल आपूर्तिकर्ता, विज्ञ तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ । एक्स्पो उद्घाटन पछि स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, राष्ट्रिय औषधी प्रयोगशालाका प्रमुख भरत भट्टराई, औषधी व्यवस्था विभागका शिवानी खड्गी लगायतका बरिष्ठ अधिकारीहरुहरुले प्रदर्शनीको अवलोकन गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *