काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ

20
Shares

काठमाडौँ, २८ माघ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)अनुसार आज (बुधबार) मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको हो ।

आइतबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको थियो । प्रदूषण बढेर मङ्गलबार १९२ एक्युआई मापन गरिएको थियो ।

लामो समयदेखि वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा प्रदूषकतत्व थुप्रिँदै गएको र वर्षा नभएसम्म प्रदूषणको मात्रा अझै वृद्धि हुनसक्ने वातावरण विभागले जनाएको छ । ।

आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये आठौँ स्थानमा सूचीकृत भएको छ । विश्वकै सबैभन्दा प्रदूषित सहरको रुपमा भारतको नयाँ दिल्ली सूचीकृत भएको छ । जहाँ वायु प्रदूषण २४७ एक्युआई मापन गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *