किओच अस्पतालमा तीन करोड राशीको ‘वंश-रत्न स्मृति बाल उपचार अक्षयकोष’ स्थापना

52
Shares


काठमाडौं, २६ माघ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालमा ३ करोड बराबरको ‘वंश रत्न स्मृति बाल उपचार’ अक्षयकोष स्थापना गरिएको छ।

काठमाडौं २९ अनामनगर निवासी बालकृष्ण श्रेष्ठ ‘नेभा’ र उनकी धर्मपत्नी बेगम कुमारी श्रेष्ठले किओच अस्पतालमा उक्त अक्षयकोष स्थापना गरेका हुन्।


आइतबार अस्पतालमा आयोजित कार्यक्रममा श्रेष्ठ दम्पत्तीले अक्षयकोष हस्तान्तरण गरेका थिए । सोही अवसरमा अस्पतालका तर्फबाट अध्यक्ष प्राडा भगवान कोइरालाले श्रेष्ठ दम्पत्ती सम्मान गरेका थिए ।

किओच अस्पतालमा उपचारका लागि आउने विपन्न परिवारका बाल रोगीहरुलाई आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको अस्पतालले जनाएको छ। अक्षयकोषबाट विपन्न परिवारका बालबालिकालाई उपचारमा धेरै सहयोग मिल्ने अस्पतालले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “किओच अस्पतालमा तीन करोड राशीको ‘वंश-रत्न स्मृति बाल उपचार अक्षयकोष’ स्थापना

  1. हुनत वहा मेरो अादरणीय व्यक्ति तर तर त्यत्तिकै रकमले वहाकाे जन्म स्थल बाग्लुंगकाे हेल्थपाेष्टमा दिएकाे भए हजारौकाे सेवा हुने थियाे।

Leave a Reply to Shanta Mulmi Cancel reply

Your email address will not be published. Required fields are marked *