नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा पोखरामा सम्पन्न

विभिन्न व्यक्तित्व तथा शाखाहरू सम्मानित
16
Shares

पोखरा, १० माघ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा पोखरामा शनिबार सम्पन्न भएको छ । प्रतिष्ठान पोखरा शाखाको आतिथ्यतामा शुक्रबार देखि चलेको सभामा देशभरका ३५ जिल्लाबाट १६५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सभाको पहिलो दिन माघ ९ गते प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालको अध्यक्षतामा सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले मुटुरोग निवारण क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान प्रदान गरेका थिए ।

उक्त अवसरमा मुटुरोग निवारणसम्बन्धी जनचेतना अभिवृद्धि तथा प्रतिष्ठानको व्यवस्थापकीय सुधारमा उल्लेखनीय योगदान पुर्‍याएको कदरस्वरूप डा. प्रचण्ड प्रधानलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेसन सम्मान–२०८२” प्रदान गरियो।

त्यसैगरी ललितपुर शाखामार्फत लामो समयदेखि मुटुरोगीहरूलाई निरन्तर सेवा पुर्‍याएको योगदानको कदर गर्दै रूपकान्त राजोपाध्यायलाई “स्व. दामोदरराज शर्मा मुटुरोगी सेवा पुरस्कार–२०८२” प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी रुपैयाँको रहेको छ । यसैगरी

मुटुरोगी सेवामा दीर्घकालीन योगदानका लागि डा। सुमन्त बन्जाडेलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी सेवा पुरस्कार–२०८२” तथा बाथ मुटुरोग निवारणमा जनचेतना, उपचार र प्रतिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको कदरस्वरूप डा. प्रेमराज बैद्यलाई “बाथ मुटुरोग निवारण पुरस्कार–२०८२” प्रदान गरएको छ । उक्त पुरस्कारको राशी पनि २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

त्यसै अवसरमा कार्यदक्षताको मूल्याङ्कनका आधारमा प्रतिष्ठानको सर्लाही शाखालाई शाखा ५० हजार राशीको प्रोत्साहन पुरस्कार तथा मकवानपुर शाखालाई सर्वोत्कृष्ट शाखा पुरस्कार प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्व तथा पुरस्कारसम्बन्धी परिचय प्रस्तुतीकरण प्रतिष्ठानका केन्द्रीय सह–कोषाध्यक्ष राजुराम मुनंकर्मीले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा तिवारीले नयाँ पुस्तामा जङ्क फुड तथा मुटुरोगका जोखिमपूर्ण खानाबाट टाढा रहन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै मुटुरोग नियन्त्रणका लागि विभिन्न निकायबीच समन्वय र साझा कार्यक्रम अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

सभामा विशिष्ट अतिथि गण्डकी प्रदेशका निमित्त स्वास्थ्य सचिव डा. रमेश केसी, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, सम्मानित व्यक्तित्वहरू डा. प्रचण्ड प्रधान, डा। प्रेमराज बैद्य, विजयराज बैद्य (मकवानपुर शाखा) लगायतले आ–आफ्ना धारणा राखेका थिए । साथै वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा प्रकाशराज रेग्मीले नेपालमा मुटुरोग रोकथाममा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको योगदान विषयमा प्रवचन दिनुभएको थियो।

सभाको दोस्रो दिन माघ १० गते सहभागीहरूले पोखराको न्युरोड–महेन्द्रपुल–नयाँबजार हुँदै पुनः न्युरोडसम्म प्रतिष्ठानको लोगो अंकित टिसर्ट, ज्याकेट र टोपीसहित प्रभातफेरि कार्यक्रम आयोजना गरेका थिए। साथै केन्द्रीय महासचिव कोमलप्रकाश घिमिरेद्वारा प्रस्तुत आव। ०८१ ०८२ को वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष उत्तमलाल श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो।

कार्यक्रममा केन्द्रीय महासचिव कोमलप्रकाश घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कास्की शाखाका सभापति केदार ढकालले कृतज्ञता ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण कास्की शाखाका सचिव नवीनराज बरालले गर्नुभएको गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *