चिकित्सक संघको निर्वाचन अब प्रतिनिधि सभाको निर्वाचन पछि मात्रै

72
Shares

काठमाडौँ, १० माघ । नेपाल चिकित्सक संघको स्थगित निर्वाचन अब प्रतिनिधि सभाको निर्वाचन अघि नहुने भएको छ । निर्वाचन आयोगले ४ माघ राती १२ बजे देखि निर्वाचन आचारसंहिता लागेको भन्दै चिकित्सक संघको निर्वाचन गर्न नमिल्ने स्पष्ट पारेको छ ।

यसअघि नेपाल चिकित्सक संघको निर्वाचन समितिले प्रतिनिधि सभा निर्वाचन अघि चिकित्सक संघको निर्वाचन गर्न मिल्छ कि मिल्दैन भन्दै निर्वाचन आयोगसंग राय मागेको थियो ।

आयोगले आफूकहाँ ६ माघका दिन पत्र आएको जानकारी दिदै त्यसअघि देखि नै निर्वाचन आचारसंहिता लागू भएकोले उक्त अवधीभर निर्वाचन गर्न नमिल्ने भनेको हो ।

यदि निर्वाचन नियमित भएको भए संघको पहिलो चरणमा २ र ३ माघमा उपत्यका बाहिर चुनाव हुनु पर्ने थियो । यस्तै उपत्यका भित्र १५, १६ र १७ माघमा निर्वाचन हुने तालीका थियो ।

निर्वाचन समितिले डा अरुण शाहीको उम्मेद्धारी खारेजी गरेपछि लफडा सुरु भएको हो ।

पछिल्लो पटक डा अजयकुमार मिश्रले दायर गरेको रिटमा पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *