सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न काठमाडौंँ महानगर प्रहरीलाई निर्देशन

44
Shares

काठमाडौँ, ७ माघ । काठमाडौंँ महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् ।

बुधबार प्रमुख जोशीले नगर प्रहरीहरूलाई सार्वजनिक क्षेत्रभित्र धूम्रपान रोक्न अभियान केही कमजोर भएको जस्तो देखिएको भन्दै प्रभावकारी रुपमा सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

उनले यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामको सुधार गर्दै महानगर प्रहरी बललाई अघि बढाउने धारणा राखे । यसअघिका प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएपछि जोशीले महानगर प्रहरी बलको नेतृत्व सम्हालेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *