फर्मासिष्टको लाइसेन्स परीक्षा आगामी १० माघमा हुने

काठमाडौँ, ७ माघ । नेपाल फार्मेसी परिषद्को ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा अन्तर्गतका फर्मासिष्ट (व्याचलर इन फार्मेसी)को परीक्षा आगामी १० माघका दिन हुने भएको छ ।
परिषद्ले आज सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयका अनुसार परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, सानो भरयाङ काठमाडौँमा विहान ११ बजे देखि दिउसो १:३० बजेसम्म हुने छ ।
यसैबीच परिषद्ले ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा अन्तर्गत फार्मेसी सहायक (डिप्लोमा इन फार्मेसी) को आवेदन फारम भर्ने समयावधी भने १५ दिन थप गरेको छ ।
गत २५ पुसमा बसेको परिषद्को बोर्ड बैठकले आगामी ५ माघसम्म तोकिएको फारम भर्ने मिति बढाएर २० माघसम्म पुर्याएको हो ।
परिषद्का रजिष्ट्रार पाण्डेयले नयाँ उत्तीर्ण विद्यार्थीहरुलाई पनि समावेश गर्न सकियोस भन्ने उदेश्यले बोर्ड बैठकले फारम भर्ने अवधी थप गरेको बताए । डिप्लोमा इन फार्मेसी तेस्रो वर्षको नतिजा गत २४ पुसमा प्रकाशित भएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 