स्वास्थ्य सेवाका चार सहित आठ जना सहसचिवको सरुवा

248
Shares

काठमाडौँ, ५ माघ । सरकारले निर्वाचन आचार संहिता लागू हुनु अघि स्वास्थ्य सेवाका चार सहित आठ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

गत २ माघमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा विश्व बन्धु बगालेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ ।

सोही बैठकले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशकको रुपमा कार्यरत डा युवानिधि बसौलालाई कामकाजमा रहेर गण्डकी प्रदेश स्वास्थ्य सचिवको रुपमा काम गर्न खटाएको छ ।

यस्तै आयुर्वेद विज्ञ प्रमुख कन्सलटेन्टको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका डा रामआधार यादवको मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको छ ।

उता मधेश प्रदेश मुख्य मन्त्री कार्यालयमा सचिवको रुपमा रहेका स्वास्थ्इ सेवा अन्तर्गत अधिकृत एघारौँ तहका ओमप्रसाद अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटाउने निर्णय गरेको छ ।

बैठकले प्रशासन समूहबाट गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मालाई अर्थ मन्त्रालय, प्रदीप परियारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, धर्मेन्द्रकुमार मिश्रलाई मधेश प्रदेशबाट गृह मन्त्रालयमा र छविलाल रिजाललाई सामान्य प्रशासनबाट मुख्य मन्त्री कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *