नेपाल मेडिकल काउन्सिल निर्वाचन अपडेट : १२०० गणना हुँदा कसको भोट कति ?

काठमाडौँ, १३ पुस । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तर्गत पछिल्लो अपडेट प्राप्त भएको छ ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार अहिलेसम्म १२०० मत गणनाको परिणाम सार्वजनिक भएको छ । मत सार्वजनिक हुँदा उपाध्यक्ष पदमा अहिलेसम्म डा गुरुशरण साह ६३८ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा कुञ्जाङ शेर्पाले ३७६ मतका साथ पच्छ्याएका छन् ।
आठ जना सदस्य पदमा सबैभन्दा बढी डा सारिका गोइत ६१६ मतका साथ अग्रस्थानमा छिन् । दोस्रोमा डा युविनकुमार यादव ५५१ मतका साथ उभिएका छन् ।
तेस्रोमा डा छविलाल पन्थी ४८७ मतका साथ रहेका छन् । चौथो बढी भोट अहिलेसम्म डा सरोजकुमार साह ३८७ ल्याएका छन् ।
३८२ मतका साथ पाँचौँमा पुन: डा दीपेन्द्र पाण्डे उक्लिएका छन् ।
यस्तै ३६२ मतका साथ डा उज्वल ठाकुर छैटौँमा रहेका छन् ।
यसैगरी ३३३ मतका साथ डा. सम्राट पराजुली सातौँमा छन् भने ३३१ मतका साथ डा. रविन बस्नेत आठौँ स्थानमा आएका छन् ।
यस्तै ३२२ मतका साथ डा. घनश्याम पाण्डे नवौँ स्थानमा, ३०८ मतका साथ डा. अस्मिता पोखरेल दशौँ स्थानमा, २९४ मतका साथ डा. सरोजकुमार गोहियार एघारौँ स्थानमा र डा कुम्भराज जोशीको – २७३ मत आएको छ ।
१२०० मतगणना हुँदा अरु क-कसको कति मत आयो ?
उपाध्यक्षका उम्मेद्धार : डा अजयसिंह थापा – १२४
सदस्य पदका उम्मेद्धारहरु :
डा. अरुण कुमार यादव – ८५
डा. विजयबिक्रम बम – १०४
डा. बुद्धिमान तामाङ – ११४
डा. बुद्धिप्रसाद भण्डारी – ११४
डा. बुद्धिनाथ शाह – १७०
डा. ध्रुबनारायण साह – २२४
डा. दिक्षान्त आचार्य – १४८
डा. दिनेश दर्नाल – ५३
डा. दिनेशकुमार विक – १२५
डा. दिपेश पौडेल – १६५
डा. अरिप्रसाद रिजाल – ६९
डा. कुन्दनशेखर शर्माले – ८५
डा. निना राई – १७५
डा. निशान भुर्त्याल – १४०
डा. प्राची भगत – २४७
डा. प्रकाश सिंह – ६३
डा. प्रमोदकुमार साह – ११५
डा. प्रतापकुमार रोय – १५९
डा. राम थापा क्षेत्रीले – १६२
डा. सरस्वती भट्टराई – १२६
डा. उत्तम कुमार गौतम – ६५
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

