नेपाल मेडिकल काउन्सिल निर्वाचन अपडेट : ८०० गणना हुँदा कसको भोट कति ?

264
Shares

काठमाडौँ, १३ पुस । हिजो सम्पन्न नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना आज दिउसोबाट सुरु भएको छ ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार अहिलेसम्म ८०० मत गणनाको परिणाम सार्वजनिक भएको छ । मत सार्वजनिक हुँदा उपाध्यक्ष पदमा अहिलेसम्म डा गुरुशरण साह ४२० मतका साथ अग्रस्थानमा छन् । उनलाई डा कुञ्जाङ शेर्पाले २५१ मतका साथ पच्छ्याएका छन् ।

आठ जना सदस्य पदमा सबैभन्दा बढी डा सारिका गोइत ४२७ मतका साथ अग्रस्थानमा छिन् । दोस्रोमा डा युभिनकुमार यादव ३७३ मतका साथ उभिएका छन् । तेस्रोमा डा छविलाल पन्थी ३०२ मतका साथ रहेका छन् । चौथो बढी भोट अहिलेसम्म डा सरोजकुमार साह २७० ल्याएका छन् ।

यस्तै २३० मतका साथ डा उज्वल ठाकुर पाँचाँैँमा उक्लिएका छन् । २२८ मतका साथ डा दीपेन्द्र पाण्डे छैटौँमा छन् । यसैगरी २२५ मतका साथ डा सम्राट पराजुली सातौँमा र २२१ मतका साथ डा. सरोजकुमार गोहियार आठौँ क्रममा छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *