नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अपडेट : ४०० मत गणना हुँदा कसको कति ?

256
Shares
फाइल तस्विर

काठमाडौँ, १३ पुस । हिजो सम्पन्न नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना आज दिउसोबाट सुरु भएको छ ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार अहिलेसम्म ४०० मत गणनाको परिणाम सार्वजनिक भएको छ । मत सार्वजनिक हुँदा उपाध्यक्ष पदमा अहिलेसम्म डा गुरुशरण साह २१३ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा कुञ्जाङ शेर्पाले १३१ मतका साथ पच्छ्याएका छन् ।

आठ जना सदस्य पदमा सबैभन्दा बढी डा सारिका गोइत २२० मतका साथ अग्रस्थानमा छन् । दोस्रोमा डा युभिनकुमार यादव १९१ मतका साथ उभिएका छन् । तेस्रोमा डा छविलाल पन्थी १५२ मतका साथ रहेका छन् । चौथो बढी भोट अहिलेसम्म डा सरोजकुमार साह १४७ ल्याएका छन् ।

यस्तै ११४ मतका साथ डा दीपेन्द्र पाण्डे पाँचौमा छन् । ११० मतका साथ डा उज्वल ठाकुर छैटौँमा, १०५ मतका साथ डा सम्राट पराजुली सातौँमा र १०४ मतका साथ डा सरोजकुमार गोहियार आठौँ क्रममा छन् । दुई भोट कमिले १०२ मतका साथ डा घनश्याम पाण्डे नवौँ नम्बरमा छन् ।

४०० मत गणना हुँदा कसको मत कति ?

हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *