नेपाल चिकित्सक संघ निर्वाचन : टीम मंगलले सार्वजनिक गर्‍यो चुनावी संकल्प पत्र (पत्र सहित)

36
Shares

काठमाडौँ, १२ पुस । नेपाल चिकित्सक संघ (एनएमए) को आउँदै गरेको निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्धारी दिएका डा मंगल रावलको टिमले आफ्नो संकल्पप्रस्ताव सार्वजनिक गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका बरिष्ठ अर्थोपेडिक सर्जन डा रावल नेतृत्वको टिमले आज पत्रकार सम्मेलन गरी संकल्प पत्र सहित टिम सार्वजनिक गरेको हो ।

‘टिम मंगल’ नाम दिइएको यस टिमबाट अध्यक्षमा डा. मंगल रावल उठेका छन् ।

बरिष्ठ उपाध्यिक्षमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले उम्मेद्धारी दिएका छन् ।

उपाध्यक्ष (कोशी प्रदेश संयोजक)मा पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा टंकप्रसाद बाराकोटी, उपाध्यक्ष (मधेश प्रदेश संयोजक) वीरगञ्जका डा. उदयनारायण सिंह र उपाध्यक्ष (बागमती प्रदेश संयोजक)मा युवा मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीको उम्मेद्धारी परेको छ । यद्धपी डा शाहीको उम्मेद्धारी निर्वाचन समितिले खारेज गरेपछि आइतबार नै उच्च अदालत पाटनमा रिट हाल्ने बताइएको छ ।

यस्तै गण्डकीको उपाध्यक्षमा डा. यज्ञ राज सिग्देल, लुम्बिनीको उपाध्यक्षमा डा. सन्तोष पोखरेल, कर्णालीको उपाध्यक्षमा डा. रविन खड्का र सुदूरपश्चिमको उपाध्यक्षमा डा. निरज अर्याल उम्मेदवार रहेका छन् ।

टिम मंगलबाट महासचिव पदमा डा कालुसिंह खत्रीको उम्मेद्धारी परेको छ ।

यसैगरी, कोषाध्यक्षमा डा. चाँदनी जैसवाल, सह कोषाध्यक्षमा डा. सुवास गुरुंग र सहसचिवमा डा. राम जीवन प्रसाद उम्मेद्धारी परेको छ ।

सदस्यहरुमा डा अमित झा, डा अरुण उप्रेती, डा दिक्षा बोहरा, डा निराजन तामाङ, डा पल्पसा श्रेष्ठ र डा जेवाना अन्सारीको उम्मेद्धारी परेको छ ।

शनिबार संकल्प पत्र सार्वजनिक गर्दा अध्यक्षका उम्मेद्धार डा रावलले व्यवसायिक, सहभागितामूलक, सेवामूलक र पारदर्शी एनएमएको परिकल्पना गरिएको छ ।

यस्तै संकल्प पत्रमा कार्यकालभर कुनै पनि राजनीतिक नियुक्तिमा सहभागी नहुने, तालिम र अध्ययनका लागि संघको जिम्मेवारी नछाड्ने, चिकित्सकीय पेशा र हितमा कुनै हानी नपुर्‍याउने, चिकित्सक संघका गतिविधीमा राजनीति संलग्नता नरहने, टिमका सदस्य कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने महत्वपूर्ण निर्णयमा ब्यालेटिंग प्रणाली लागु गर्ने र प्रत्येक महिना प्रगति विवरण र तीन महिनामा वित्तिय विवरण सार्वजनिक गर्ने प्रतिद्धता गरिएको छ ।

हाम्रो एनएमए, सबैको एनएमए, चिकित्सक ऐन, एनएमएले चिकित्सकलाई दिने सेवा सुविधामा विस्तारलाई पनि संकल्प पत्रको सूचीमा परेको छ । यस्तै, अनिवार्य नीतिगत सुधार, एनएमएअन्तर्गत प्रभावकारी रिसर्च एण्ड एडभोकेसी युनिट सञ्चालन गर्ने कुरा पनि जोडिएको छ ।

हेर्नुहोस टिम मंगलको संकल्पपत्र :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *