नेपाल मेडिकल काउन्सिल निर्वाचनको आज अन्तिम दिन, भोट हाल्ने भीड (फोटो फिचर)
काठमाडौँ, १२ पुस । नेपाल मेडिकल काउन्सिलको रिक्त एक उपाध्यक्ष र आठ जना सदस्य छनौट गर्न भएको निर्वाचनको आज अन्तिम दिन काठमाडौँ उपत्यकाका दुई मतदान केन्द्रमा विहान ९ बजे देखि नै मतदान कार्य जारी छ ।
काठमाडौँको राष्ट्रिय सभा गृह र ललितपुरको नेपाल प्रशासकिन प्रतिष्ठान जाउलाखेल परिसरमा राखिएको मतदान केन्द्रमा आफूले चाहेका उम्मेद्धारहरुलाई भोट दिन चिकित्सकहरुको भीड छ ।
अझ त्यसमा पनि ललितपुरको जाउलाखेल भन्दा काठमाडौँको राष्ट्रिय सभागृह केन्द्रमा डाक्टरहरुको उपस्थिति बाक्लो छ । चुनावमा उठेका उम्मेद्धारहरु पनि बढी जसो राष्ट्रिय सभागृह केन्द्रमा नै भोट माग्न व्यस्त देखिन्छन् । निर्वाचन समितिका अधिकारीहरुको दौडधुप पनि यसैकेन्द्रमा बढी देखिएको छ ।
काउन्सिलको निर्वाचनका लागि कुल २१ स्थानमा मतदान भइरहेको थियो । त्यसमध्ये १८ वटा काठमाडाँै उपत्यका बाहिर थिए । सो मतदान प्रक्रिया ४ देखि ६ पुससम्म सकिईसकेको थियो । तीनवटा मतदान केन्द्रमध्ये काठमाडौँ उपत्यका भित्रका दुई केन्द्र र काभ्रेको धुलिखेलमा हिजो मतदान भएको थियो । आज अन्तिम दिन भने काठमाडौँ र ललितपुरको मतदान केन्द्रमा मात्रै मतदान हुँदैछ ।
निर्वाचन समिति संयोजक प्राडा रविन्द्रमान श्रेष्ठले आज ४ बजे मतदान सकिए पनि मतगणना आइतबार (भोली) बाट मात्रै सुरु हुने बताएका छन् ।
हेर्नुहोस् राष्ट्रिय सभागृहमा भोट हाल्नेको भीड










सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

