नेपाल मेडिकल काउन्सिल निर्वाचन : आजबाट काठमाडौँ, ललितपुर र काभ्रेको धुलिखेलमा मतदान हुँदै

काठमाडौँ, ११ पुस । नेपाल मेडिकल काउन्सिलमा मतदानबाट छनौट हुने एक उपाध्यक्ष र आठ जना सदस्य पदका लागि आजबाट दोस्रो चरणको निर्वाचन हुँदैछ ।
उपत्यका बाहिरका १८ वटा मतदान केन्द्रमा गत ४ देखि ६ पुसमा मतदान सम्पन्न भएपछि आज काठमाडौँ, ललितपुर र काभ्रेको धुलिखेल मतदान केन्द्र गरी तीन स्थानमा मतदान हुन लागेको हो ।
निर्वाचन समितिले काठमाडौँको राष्ट्रिय सभा गृह, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेल र काभ्रेको काठमाडौँ विश्वविद्यालय इन्टरनेशनल सेन्टर धुलिखेलमा मतदान हुँदैछ ।
काठमाडौँ र ललितपुर केन्द्रमा आज र भोली विहान ९ देखि ४ बजेसम्म मतदान हुँदैछ । तर धुलिखेलमा भने आज मात्रै विहान ९ देखि ४ बजेसम्म मतदान हुने तालीका राखिएको छ ।
यसअघि उपत्यका बाहिर १८ वटा केन्द्रमा तीन दिनसम्म चलेको मतदान प्रक्रियामा कुल ६ हजार ८४६ भोट खसेको काउन्सिलले जनाएको छ ।
तोकिएका २१ वटा केन्द्रमा मतदान सम्पन्न भएपछि भोट गणना हुने काउन्सिल निर्वाचन समितिले जानकारी दिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

