मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. प्रमोदकुमार यादव नियुक्त

344
Shares

काठमाडौँ, ९ पुस । मधेश प्रदेश सरकारको स्वास्थ्य सचिवमा डा. प्रमोदकुमार यादव नियुक्त भएका छन् ।

गत आइतबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपषिद्को बैठकले एघारौँ तहका डा. यादवलाई मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि मधेश प्रदेशको मुख्य मन्त्री कार्यालयमा कार्यरत थिए ।

गत १ पुसमा मात्रै उनलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी सम्हाल्न तोकिएको थियो ।

बालरोग विशेषज्ञ समेत रहेका डा. यादव मुलुक संघीयतामा गएपछि त्यसको सफल कार्यान्वयनका लागि सुरु देखि नै खटिने चिकित्सकको रुमपा चिनिन्छन् ।

धेरै अघि उनले कान्ति बाल अस्पतालमा समेत काम गरेका थिए ।

‘नयाँ जिम्मेवारी पाएको छु । यसलाई मैले प्रभावकारी ढंगले नै चलाउने कोशिश गर्नेछु,’ छोटो प्रतिक्रिया दिदै सचिव यादवले भने ।

मधेश प्रदेशमा यसअघि स्वास्थ्य सचिवको रुपमा ओमप्रकाश अर्याल कार्यरत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *