प्रयोगशाला मापदण्ड सुदृढीकरण: गुणस्तरीय उपचार र बलियो स्वास्थ्य प्रणालीको आधार

स्वास्थ्य सेवामा वैज्ञानिक प्रमाण नै निर्णयको आधार हो । अनि ती प्रमाणको मुख्य स्रोत भनेको प्रयोगशाला निदान हो।
अन्तर्राष्ट्रिय अध्ययन अनुसार करिब ७० प्रतिशत चिकित्सकीय निर्णयहरू प्रयोगशाला परीक्षणको नतिजामा आधारित हुन्छन्। गुणस्तरीय प्रयोगशाला सेवाको अभावले गलत निदान, अनावश्यक उपचार र बिरामी सुरक्षामा जोखिम निम्त्याउन सक्छ।
क्लिनिकल बायोकेमिस्टको रूपमा मेरो प्रमुख शक्ति भनेको प्रयोगशाला प्रणाली, Quality Control (QC), Quality Assurance (QA) र परीक्षण मापदण्डको वैज्ञानिक र व्यवहारिक समझ हो।
प्रमाणित उपकरण, दक्ष जनशक्ति र सुरक्षित परीक्षण अभ्यास बिना विश्वसनीय रिपोर्ट सम्भव हुँदैन। गुणस्तरीय प्रयोगशाला सेवा मात्रै बिरामी उपचारलाई प्रभावकारी, सुरक्षित र evidence-based बनाउन सक्छ।
नेपालजस्तो स्रोत–सीमित परिवेशमा, प्रयोगशाला मापदण्ड सुनिश्चित गर्नु अझ आवश्यक छ। सही अभ्यास, मापदण्ड र चिकित्सक–प्रयोगशालाबीचको प्रभावकारी समन्वयले बिरामीमाथिको जोखिम घटाउने मात्र होइन, समग्र स्वास्थ्य प्रणालीको विश्वासनीयता पनि बढाउँछ।
नेपाल मेडिकल काउन्सिल (NMC) निर्वाचनमा म सदस्य पदको उम्मेदवार – Member Candidate No. 2 बनेकी छु। निर्वाचित भएमा म प्रयोगशाला मापदण्ड सुदृढीकरण, evidence-based अभ्यास र गुणस्तरीय निदानमार्फत सुरक्षित बिरामी उपचार सुनिश्चित गर्न सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
यसै प्लेटफर्ममार्फत, आदरणीय सहकर्मीहरू, डाक्टर साथीहरू र स्वास्थ्य क्षेत्रका शुभचिन्तकहरूलाई मेरो काम र दृष्टिकोणमा विश्वास गर्दै Vote र Support दिनुहुन हार्दिक अनुरोध गर्दछु।
सम्पर्क इमेल : [email protected]







