नेपाल मेडिकल काउन्सिल निर्वाचन: उपत्यका बाहिरको १८ मतदान केन्द्रमा कति खस्यो भोट ? (सूचीसहित)

80
Shares

काठमाडौँ, ७ पुस । नेपाल मेडिकल काउन्सिलमा रिक्त एक उपाध्यक्ष र आठ सदस्य पदका लागि काठमाडौँ उपत्यका बाहिर शुक्रबार देखि सुरु भएको मतदान आइतबार सम्पन्न भएको छ ।

१८ वटा केन्द्रमा तीन दिनसम्म चलेको मतदान प्रक्रियामा कुल ६ हजार ८४६ भोट खसेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार सबैभन्दा धेरै भोट भरतपुर अस्पतालमा रहेको मतदान केन्द्रमा खसेको छ । यो केन्द्रमा ९६६ भोट खसेको छ । यस्तै सबैभन्दा कम भोट गजेन्द्रनारायणसिंह सगरमाथा अस्पताल मतदान केन्द्रमा खसेको छ । त्यहाँ ८७ भोट मात्रै खसेको छ ।

दुई चरणमा तोकिएको काउन्सिल निर्वाचन अन्तर्गत पहिलो चरणको उपत्यका बाहिरको भोटिङ सकिएको हो । काठमाडौँ उपत्यका भित्र भने आगामी ११ र १२ पुसका लागि तोकिएको छ।

कहाँ कति भोट खस्यो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *