उपाध्यक्षका उम्मेद्धार डा. अरुण शाहीको उम्मेद्धारी रद्ध, विवादमा पर्यो निर्वाचन समिति

काठमाडौँ, ५ पुस । नेपाल चिकित्सक संघको निर्वाचन समितिले गरेको निर्णय विवादमा परेको छ । संघको उपाध्यक्ष (बागमती प्रदेश संयोजक) मा उम्मेद्धारी दिएका डा. अरुण शाहीको वारेसनामा नमिलेको भन्दै उम्मेद्धारी रद्ध गरेपछि निर्णय विवादमा परेको हो ।
डा शाहीले उम्मेद्धारी खारेजीको घोषणा आफूमाथि गरिएको षड्यन्त्र भन्दै समितिको निस्पक्षतामाथि समेत प्रश्न उब्जिएको प्रतिक्रिया दिएका छन् ।
के हो घटनाक्रम ?
युवा मेडिकल अंकालोजिष्ट समेत रहेका डा. शाही आउँदो निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर पेशागत कामका सिलसिलामा बेलायत गएका थिए।
विदेश जानुअघि मंसिर २३ गते उनले आफ्नो तर्फबाट उम्मेदवारी दिन आफ्नो साथी डा. विपिन पौडेललाई वारेसनामा दिएको बताएका छन् ।
डा. शाहीका अनुसार उक्त समयसम्म निर्वाचन समितिले अनिवार्य नोटरी गर्नुपर्ने नियम सार्वजनिक गरेको थिएन।
नेपाल चिकित्सक संघको निर्वाचन नियमावलीको परिच्छेद ४ को (१) बमोजिम वारेसनामा तयार पारेर आफू विदेश गएको उनले बताएका छन्। परिच्छेद ४ मा भनिएको छ, ‘परिच्छेद ४ को ९१० मा भनिएको छ, ‘उम्मेदवारको मनोनयन, मतदाताको योग्यता र मतदाता नामावली १. निर्वाचन समितिको निर्वाचन कार्यक्रम अर्न्तगत नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन, संघको शाखा कार्यालयका कार्यकारिणी समितिको निर्वाचन र नेपाल चिकित्सक संघ परिषद्को निर्वाचनमा उम्मेदवार हुन नेपाल चिकित्सक संघको आजीवन नेपाली सदस्य स्वयंले वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकमार्फत निर्वाचन कार्यक्रमको सूचनामा उल्लिखित मिति र समयभित्र निर्वाचन समितिको कार्यालयमा तोकिए बमोजिमको ढाँचामा मनोनयन पत्र दर्ता गर्न वा गराउनुपर्नेछ। यसरी मनोनयन पत्र दर्ता गराउँदा एक व्यक्तिले १ पदमा मात्र मनोनयन पत्र दर्ता गर्न गराउन सक्नेछ।’
डा. शाहीले निर्वाचन समितिले पछि मंसिर २८ गते मात्रै नोटरी पब्लिकले प्रमाणित गरेको वारेसनामा आवश्यक पर्ने सूचना निकालेको बताए ।

सोही मञ्जुरीनामालाई वारेस डा. पौडेलले नोटरी पब्लिकमा लगेर प्रमाणित गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘मञ्जुरीनामा डा शाहीकै उपस्थितिमा बनाइएको हो।’
उम्मेदवारी खारेजीका विषयमा डा शाहीले अर्को पक्ष डराएको रुपमा टिप्पणी गरेका छन्। उनले भने, ‘जानुअघि मैले निर्वाचन समितिका एक सदस्यसँग फोनमा कुराकानी गरेर समेत सोधेको थिएँ। आफू बाहिर जानुपर्ने भएकाले परिच्छेद ४ को उपनियम १ बमोजिमको वारेसनामा लेखेर छाड्ने बताएको थिएँ।’

आफू पेशागत मर्यादा, एकता र निष्ठामा विश्वास गर्ने बताउँदै लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन बञ्चित गरिँदा दुस्ख लागेको बताए।
उनले थपे, ‘कागजात नपुगेका केही उम्मेदवारको उम्मेदवारी दर्ता नै नभएको निर्वाचन आयोगकै सूचनाले प्रस्ट पार्छ। तर, सुरुमा कागजात पुगेको भनेर दर्ता गरेपछि किन खारेज गरियो ?’ उनले भने ।
निर्वाचन समितिले सूचना नदिइ आफ्नो वारेसनामाका विषयमा प्रतिष्पर्धी डा. सुवास भट्टराईलाई जानकारी नहुने भन्दै उनले भने, ‘निर्वाचन समितिबाटै वारेसनामाको सूचना बाहिरिएको आशंका गरे । उनले यस कार्यले निर्वाचन समितिको निष्पक्षमतामाथि पनि प्रश्न उठेको बताए । उठाएको छ।’

आगामी निर्वाचनलाई केवल नियमित प्रक्रिया नभई ‘एनएमए उत्सव’का रूपमा मनाउन अपिल गरेको स्मरण गराए। चुनाव जित्नका लागि यस्ता अनेक प्रपञ्चको आफू जानकार नभएका कारण यस्तो अवस्था आएको उनले बताए।
सुरुमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. शाही पछि टिम मंगलुमा समाहित भएको जनाएका थिए । अध्यक्षका उम्मेद्धार डा. मंगल रावलले भने निर्वाचन समितिको उक्त निर्णयविरुद्ध अदालत जाने बताएका छन्।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

