मेडिकल काउन्सिल निर्वाचन : फ्लाइट क्यान्सिल हुँदा रोकिएको मतदान आइतबार हुने

68
Shares

 

काठमाडौँ, ५ पुस । नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्यका लागि हिजो देखि काठमाडौँ उपत्यका बाहिर मतदान भईरहेको छ । दुई दिन सम्म चल्ने मतदानमा विभिन्न मतदान केन्द्रका लागि शुक्रबार र शनिबारका लागि तालीका तोकिएको छ ।

यसैमध्येको दुईवटा मतदान केन्द्रहरु भेरी अस्पताल नेपालगञ्ज बाँके र सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा आजका लागि मतदान हुने तालीका बनेको थियो । तर मतदान हुन सकेन । काउन्सिलको निर्वाचन समितिले यी दुई केन्द्रमा आइतबार मात्रै मतदान हुने जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत प्राडा रविन्द्रमान श्रेष्ठले ती दुई मतदान केन्द्रका लागि तोकिएका निर्वाचन अधिकृतहरु हवाई उडानबाट पुग्ने तालीका रहेकोमा शुक्रबार हवाई उडान स्थगित हुँदा शनिबार मतदान हुन नसकेको स्पष्ट पारे । ‘हिजो दुई ठाउँमै उडान स्थगित भयो । त्यसपछि गाडीमा त्यसतर्फ जाँदा आजका लागि मतदान गराउन नभ्याईने भयो । त्यसैले भोलीका लागि तोकेका छौँ,’ उनले भने ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले उपत्यका बाहिरको मतदान शान्तिपूर्ण रुपमा भईरहेको बताए । उनले शुक्रबार ३ हजार ५०० मत खसेको र शनिबारको अपडेट भइनसकेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *