स्वास्थ्य मन्त्री डा. शर्मा र डब्लुएचओका महानिर्देशक डा. टेड्रोसबीच नयाँ दिल्लीमा भेटवार्ता

महानिर्देशक डा. टेड्रोसलाई मन्त्री डा. शर्माले सुनाईन आफ्ना पाँच प्राथमिकता
56
Shares

काठमाडौँ, ४ पुस । भारतको नयाँ दिल्लीमा रहेकी स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्मा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयससबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीमा जारी सेकेण्ड डब्लुएचओ ग्लोबल समिट अन ट्रेडिसनल मेडिसिनमा सहभागी हुने क्रममा दुई जना बीच भेटवार्ता भएको हो ।

भेटका अवसरमा मन्त्री डा. शर्माले आफ्ले जिम्मेवारी सम्हालेपछिका आफ्ना प्राथमिकता विषयबारे जानकारी गराएकी थिईन । उनले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य, आप्रवासी स्वास्थ्य, स्वास्थ्य बीमा र औषधी खरीद तथा व्यवस्थापन प्रणाली सुधा ल्याउन सरकारले चालेका कदमबारे बताएकी थिईन् ।

महानिर्देशक डा. टेड्रोसले भने नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा देखाएको उच्च प्रतिवद्धता र प्राथमिकताहरुको प्रशंसा गरेका थिए । उनले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन र तय गरिएका लक्ष्यहरु प्राप्त गर्न डव्लुएचओको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग रहने आश्वासन दिएको मन्त्रालयले उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *