नेकपा (एमाले)को महाधिवेशनस्थलमा महासंघको निशुल्क स्वास्थ्य शिविर, पहिलो दिन ३०० बढीको स्वास्थ्य परीक्षण

धेरै जसोमा देखियो उच्च रक्तचाप र मधुमेह
20
Shares

काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु भएको स्थान भृकुटीमण्डपमा आइतबार पहिलो दिन ३०० जना भन्दा बढी प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

महाधिवेशनमा आउने नेता, प्रतिनिधि तथा पर्यवेक्षकहरुको प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवाका लागि भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले महाधिवेशन स्थल भृकुटीमण्डपमा निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ ।

महासंघका उपाध्यक्ष तथा महाधिवेशन स्वास्थ्य शिविरका संयोजक रामहरि ढकालका अनुसार बन्द सत्रको पहिलो दिन गरिएको ३०० बढीको स्वास्थ्य परीक्षणमा अधिकांशलाई उच्च रक्तचाप तथा मधुमेह जस्ता दीर्घ रोग भएको बताए । उनले चिसो मौसम भएकोले रुघा खोकी जस्ता समस्या पनि धेरैमा देखिएको उनले बताए ।

त्यसो त महासंघ र स्वास्थ्य विभागले ‘हेल्थ किट’ सबै प्रतिनिधिलाई बाडेको छ । सो किट भित्र दन्त मञ्जन, दन्त ब्रस तथा सञ्चो राखिएको छ ।

ढकालले प्रतिनिधिको स्वास्थ्य उपचार गर्नका लागि करीब ३०० जना स्वास्थ्यकर्मी खटिएको बताए ।

स्वास्थ्यकर्मीले एक दिनमा दुई सिफ्टमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने छन् । एक सिफ्टमा ५० जनाको दरले प्रतिनिधिका स्वास्थ्य परीक्षण गरिने ढकालले बताए ।

प्रतिनिधिलाई उपचार गर्नका लागि महाधिवेशन स्थलमा एम्बुलेन्स सहित आकस्मिक सेवा उपलब्ध गराइएको छ । महाधिवेशन अवधि भर शिविर सञ्चालन हुने पनि आयोजकले जनाएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *