स्वास्थ्य सेवाको अधिकृत बाह्रौँ तहमा बढुवा प्रक्रिया अघि बढ्यो
मन्त्रीमा रोकिदा डा. मिश्राको राजिनामा पनि रोकियो

काठमाडौँ, २८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१) पदका लागि बढुवा प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयको बढुवा समिति सचिवालयले गत शुक्रबार सूचना प्रकाशित गर्दै १२ औँ तहमा बढुवा प्रक्रिया अघि बढाएको हो ।
सूचनामा गत असार मसान्तसम्म ५ वर्ष सेवा अवधी पुरा भएका एघारौँ तहका अधिकृतहरुले आवेदन गर्न सक्ने उल्लेख छ ।
अतिरिक्त स्वास्थ्य सचिव रहेका डा टंकप्रसाद बाराकोटीले दुई वर्ष पदावधी बाँकी छँदै गत कात्तिक १९ मा पदबाट राजिनामा दिएपछि एक पद खाली भएको थियो । सोही पदमा अहिले बढुवा गर्न खोजिएको हो ।

मन्त्री पदमा रोकिदा डा. संगीताको राजिनामा पनि रोकिएको थियो
त्यसो त जेनजी आन्दोलन पछि गठित सुशीला कार्की नेतृत्वको सरकारले असोजको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय त्यहि अतिरिक्त स्वास्थ्य सचिवको रुमपा कार्यरत डा संगीता कौशल मिश्रालाई चर्चा चलेको थियो ।
चर्चा मात्रै होईन, ५ असोजका दिन कार्की नेतृत्वको सरकारले मिश्रालाई मन्त्री पदमा सिफारिस गर्ने निर्णय गरको सार्वजनिक भएको थियो । तर अख्तियारमा मुद्धा परेको कारण देखाउँदै रातभरमा उनको नाम पुन प्रधानमन्त्री कार्कीले फिर्ता लिईन् ।
नाम सिफारिस हुँदा डा मिश्राले राजिनामा दिएको र स्वीकृत समेत भईसकेको बताइएको थियो । तर अहिलेसम्म राजिनामा दिएको र स्वीकृत भएको जानकारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छैन । बरु डा मिश्रा निलम्बनमा छिन् ।
स्वास्थ्य मन्त्रालयका सहसचिव दिवस आचार्यले डा मिश्राको पद रिक्त भएको मन्त्रालयलाई जानकारी नभएको बताउँछन् । ‘उहाँ अहिले निलम्बन अवस्थामा भएको हामीलाई जानकारी छ । राजिनामा दिएको वा स्वीकृत भएको भन्ने त जानकारी छैन । त्यसैले अहिले रिक्त एक पदमा मात्रै बढुवाको प्रक्रिया अघि बढेको हो,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

