एक सातामा भेटिए ९६ जना डेंगी संक्रमित, सबैभन्दा धेरै गण्डकीमा

32
Shares

काठमाडौँ, २३ मंसिर । पछिल्लो एक सातामा देशभर ९६ जनामा डेंगी संक्रमण पुष्टी भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का अनुसार पछिल्लो एक साताको अवधिमा डोल्पा बाहेक ७६ जिल्लामा ९६ जनामा डेंगी संक्रमण पुष्टी भएको हो ।

यो सँगै नेपालमा गत पुस यता डेंगी सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ६२ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा २ हजार १ सय ४५ जनामा डेंगी पुष्टि भएको छ ।

त्यसैगरी, बागमतीमा २ हजार १ सय ३२ , लुम्बिनीमा १ हजार ३ सय ४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिममा ८ सय ६२, कर्णालीमा ५ सय ३० र मधेशमा २ सय ११ जनामा डेंगी पुष्टि भएको छ ।

हालसम्म ६ जना सङ्क्रमितको मृत्यु डिसिडीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *