एमाले महाधिवेशनमा स्वास्थ्य विभागबाट सात प्रतिनिधि छनौट

काठमाडौँ, २२ मंसिर । आगामी २७ मंसिर देखि सुरु हुन लागेको नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा स्वास्थ्य क्षेत्रबाट सात जना प्रतिनिधि छनौट भएका छन् ।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले महाधिवशेन प्रतिनिधिको रुपमा चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी तथा प्यारामेडिक्स समूहका सात जना स्वास्थ्यकर्मीलाई महाधिवेशन प्रतिनिधिको रुपमा छनौट गरेको हो ।
त्यसरी महाधिवेशन छनौट हुनेहरुमा डा झलक शर्मा गौतम, शारदा खनाल, अनुप केसी, सिद्धप्रसाद ढुंगाना रहेका छन् । यस्तै सृजना पण्डित पहारी, राज कुमार पौडेल र ज्वाला शर्मा पनि छनौट भएका छन् ।
प्रतिनिधि छनौट भएका डा गौतमले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले चिकित्सक नर्स, जनस्वास्थ्यकर्मी तथा प्यारामेडिक्स समूह मिलाएर सात जना प्रतिनिधिहरु छानेको बताए ।
एमाले स्वास्थ्य विभागमा कृष्ण गोपाल श्रेष्ठ संयोजक छन् भने महेन्द्रप्रसाद श्रेष्ठ सचिव रहेका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

