स्वास्थ्य मन्त्रीको कार्यकक्ष रामशाहपथबाट सिंहदरबार सर्‍यो, सचिवहरुको सार्ने तयारी

100
Shares
स्वास्थ्य मन्त्रीको कार्यकक्ष र सचिवालय रहने भवन

काठमाडौँ, २२ मंसिर । रामशाहपथको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आजबाट सिंहदरबार सरेको छ । गत २४ भदौको विध्वंशले मुख्य भवन जलेपछि स्वास्थ्य मन्त्रालय पछाडी पट्टीको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा अस्थायी रुपमा सरेको थियो ।

आज सोमबारबाट भने स्वास्थ्य मन्त्रालय सिंहदरबारमा बनाइएको अस्थायी संरचनामा सरेको छ ।

‘मन्त्री ज्यूको कार्यकक्षका सामानहरु सबै सिंहदरबार सारियो, अब हाम्रो पनि सार्ने तयारी छ । भोलीबाट हामी पनि सिंहदरबारस्थित कार्यालयबाट सेवा सुचारु गर्ने छौँ ,’ सचिव डा. विकास देवकोटाले भने ।

उनका अनुसार मन्त्री र सचिव पछि बिस्तारै अन्य महाशाखाहरु पनि सारिने छ ।

सिंहदरबार परिसर भित्र रहेको नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा छ वटा प्रिफ्याव ब्लक तथा त्यसका लागि आवश्यक फर्निचर समेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) ढेड लाख डलर खर्च गरी तयार पारेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *