एशिया प्यासिफिक जेरियाट्रिक नेटवर्क सम्मेलन-२०२५ सम्पन्न

काठमाडौं, २० मंसिर । एशिया प्यासिफिक जेरियाट्रिक नेटवर्क (एपीजीएन) सम्मेलन २०२५ सम्पन्न भएको छ। काठमाडौंमा भएको एक दिने सम्मेलन जेरियाट्रिक सोसाइटी अफ नेपाल र एशिया प्यासिफिक जेरियाट्रिक नेटवर्कको संयुक्त आयोजनामा भएको थियो।
सम्मेलनमा ज्येष्ठ नागरिकसँग सम्बन्धित डिमेन्सिया तथा कग्निसन, जेरियाट्रिक्स, मूभमेन्ट डिसअडर्स, स्ट्रोक तथा शारीरिक गतिविधि, ज्येष्ठ नागरिक हेरचाह तथा स्याहार लगायत विषयहरुमा प्रस्तुतिकरण भएका थिए।
फ्रम ओसियन टु द हिमालयजः ट्रान्सफर्मिङ जेरियाट्रिक केयर टुगेदर भन्ने थिममा भएको सम्मेलनमा नेपाल सहित २० भन्दा बढी देशका ज्येष्ठ नागरिक रोग विशेषज्ञ चिकित्सक, ज्येष्ठ नागरिक विज्ञ, अनुसन्धानकर्ता लगायत १५० बढीको सहभागिता थियो।
यसैबीच सम्मेलनको उद्घाटन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्मा गौतम पुगेकी थिईन ।
सो अवसरमा बोल्दै उनले नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्रगतिले बढ्दै गएको भन्दै जेरियाट्रिक सेवा विस्तार, ज्येष्ठ नागरिक–मैत्री स्वास्थ्य संरचना, दीर्घरोग व्यवस्थापन तथा परिवार र समुदायमा आधारित हेरचाह प्रणालीलाई सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा उमेश बोगटीले यो सम्मेलन मार्फत स्वस्थ बुढ्यौलीलाई नयाँ गति दिन सफल भएको बताए।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

