सरकारद्धारा स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा निकायको ‘ओएनएम’ गर्न पूर्व स्वीकृति प्रदान

स्वास्थ्य मन्त्री बनेपछिको पहिलो विदेश भ्रमणमा निस्कदै डा. सुधा शर्मा
116
Shares

काठमाडौँ, १६ मंसिर । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति प्रदान गरेको छ ।

१५ मंंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले गरेका २७ वटा निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वास्थ्य मन्त्रालयबाट आएका दुईवटा प्रस्तावको निर्णय भएको बताएका थिए ।

त्यसमध्येको एक थियो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) ।

स्वास्थ्य मन्त्रालयका सहसचिव दिवस आचार्यका अनुसार अति आवश्यक परेर करारमा काम चलाईरहेका अस्पताल तथा स्वास्थ्य सम्वद्ध निकायको ओएनएम गरिएको बताए ।

उनले भने, वीर अस्पताल, नारायणी अस्पताल, डडेल्धुरा अस्पताल, गेटा मेडिकल कलेज, स्वास्थ्य बीमा बोर्ड, कान्ति वाल अस्पताल, परोपकार तथा प्रसूतिगृह अस्पताल स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, राष्ट्रिय औषधी प्रयोगशाला लगायतका निकायमा दरबन्दी थप्न स्वीकृत गरेको बताए ।

यसैगरी, बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम भारत भ्रमणलाई समेत स्वीकृति प्रदान गरेको छ ।

डा. शर्मा २ देखि ४ पुसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने दोस्रो डब्लूएचओ ग्लोबल समिट एन्ड ट्रेडिसनल मेडिसिन एन्ड हाइलेभल मिनिस्टरियल डाइलग वन इम्प्लिमेन्टेसन अफ दि डब्लूएचओ ग्लोबल स्ट्राटेजी, २०२५—२०३४ कार्यक्रममा भाग लिन दिल्ली जान लागेकी हुन् । स्वास्थ्यमन्त्री बनेपछि डा. शर्माको पहिलो विदेश भ्रमण हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *