नेपालमा डेंगी संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौँ, १६ मंसिर । नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या ८ हजार नाघेको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार गत पुसयता ८ हजार १ सय ९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।
डेंगी सक्रमितमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा २ हजार १ सय ४ जनामा पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकीमा २ हजार ६२ लुम्बिनीमा १ हजार ३ सय २७, कोशीमा १ हजार २७, सुदूरपश्चिममा ८ सय ५९, कर्णालीमा ५ सय २६ र मधेश प्रदेशमा २ सय ४ जनामा डेंगी पुष्टि भएको डिसिडीले जनाएको छ ।
पछिल्लो चौबिस घण्टामा ६ जनामा डेंगी पुष्टि भएको छ । भने एकसाताको अवधिमा ५६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ ।
डेंगी सङ्क्रमण हालसम्म ७६ जिल्लामा देखिएको छ । डोल्पा जिल्लामा मात्रै डेंगी संक्रमण पुष्टि नभएको महाशाखाले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

