प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा बन्यो सुदूरपश्चिमकै उत्कृष्ट

20
Shares

 

काठमाडौँ, ८ मंसिर । स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट बनेको छ।

आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकन गर्दा डडेल्धुराले उल्लेखनीय प्रगति गर्दै ८५ दशमलव २० अंकसहित प्रथम भएको हो।

त्यस्तै, स्वास्थ्य कार्यालय डोटी ८२.५० अंकसहित दाेस्राे भएकाे छ भने कैलाली ८१.७५ अंकसहित तेस्राे  स्थानमा परेका छन्।

आइतबार आयोजित एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदलाई प्रथम भएको प्रमाणपत्र प्रदान गरेका थिए।

उल्लेखनीय उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न साझेदार संस्थाहरूको निरन्तर सहयोग रहेको भन्दै स्वास्थ्य कार्यालय डडेल्धुराले सबैप्रति धन्यवाद व्यक्त गरेको छ। ‘सबैको निरन्तर समर्पण र सहकार्यकै कारण डडेल्धुरा प्रदेशमै अग्रस्थानमा उभिन सफल भएको हो,’ कार्यालय प्रमुख साउदले भने।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *