प्रत्यारोपण केन्द्रकी नव नियुक्त निर्देशक डा. श्रेष्ठले सम्हालिन जिम्मेवारी
काठमाडौँ, ५ मंसिर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नव नियुक्त कार्यकारी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठले आजबाट जिम्मेवारी सम्हालेकी छन् ।
गत २ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले डा श्रेष्ठलाई चार वर्षका लागि सो केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी बरिष्ठ नेफ्रोलोजिष्ट हुन् ।
‘मन्त्री ज्यूले आज नियुक्ती पत्र दिनु भयो । त्यसपछि आजैबाट मैले पदीय जिम्मेवारी सम्हालेको छु,’ डा. श्रेष्ठले सम्छिप्त कुराकानी गर्दै भनिन् ।
यसअघि प्रत्यारोपण केन्द्रको निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ थिए । उनी त्यहाँका संस्थापक निर्देशक समेत हुन् ।
नव नियुक्त निर्देशक डा श्रेष्ठले नेपालको अंग प्रत्यारोपणको क्षेत्रमा केन्द्रले छोटो समयमै छुट्टै पहिचान बनाएको भन्दै त्यसलाई अझ बढाएर लैजाने आफ्नो प्रयास हुने बताईन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

