गाजामा २१९ उपचार केन्द्र सञ्चालन, राहत तथा खोप अभियान द्रुतगतिमा

संयुक्त राष्ट्रसङ्घ, ३ मंसिर । गाजामा हालैको अविरल वर्षा र जाडो मौसमलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसङ्घका मानवीय निकायले राहतका रकम तुरुन्तै उपलब्ध गराउन थालेका छन् ।
मानवीय समन्वय कार्यालय (ओसीएचए)ले जनाएअनुसार, अधिग्रहित प्यालेस्टाइनी भूभागका लागि ओसीएचए संयोजक रामिज अलाक्बारोभले अत्यावश्यक सहयोगका लागि ठुलो मात्रामा रकम छुट्याएका छन् ।
संयुक्त राष्ट्रसङ्घका मानवीय विषयका उच्च अधिकारी टम फ्लेचरले सुडान भ्रमणका क्रममा गाजामा रहेका आवागमनका सबै प्रकारका अवरोध हटाई अझ धेरै राहत तुरुन्तै लैजानुपर्ने माग गरे ।
ओसीएचए अनुसार संयुक्त राष्ट्रसङ्घ र सहयोगी संस्थाले टेन्ट, प्लास्टिक छाउनो, अस्थायी बासस्थानका सामानलगायत जीवनरक्षक सामग्री वितरण गरिरहेका छन् । प्रभावित परिवारको अवस्था बुझ्न निरन्तर मूल्याङ्कन भइरहेको छ ।
अलाक्बारोभले उपलब्ध गराएको रकमले खाद्यान्न, पोषण, खानेपानी, स्वास्थ्य, बसोवास, संरक्षणलगायत ३० भन्दा धेरै योजना अघि बढ्न सहयोग पुगेको बताइएको छ ।
आइतबारसम्म गाझामा सञ्चालनमा रहेका उपचार सेवा केन्द्रको सङ्ख्या २०० भन्दा कमबाट बढेर २१९ पुगेको छ । तीमध्ये १२ प्राथमिक उपचार केन्द्र, ६ उपचार विन्दु र ४ अस्पताल उत्तरी क्षेत्रमा सञ्चालनमा छन् । नोभेम्बर ९ बाट सुरु भएको खोप अभियानअन्तर्गत पाँच दिनमै तीन वर्षमुनिका सात हजार भन्दा बढी बालबालिकाले खोप पाएका छन् ।
खाद्य सहयोग उपलब्ध गराउने संस्थाका अनुसार, शनिबार मात्रै १९५ सामुदायिक भान्सामार्फत लाखौँ परिकार प्रभावित जनतालाई वितरण गरिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

