दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोगको जोखिम उच्च

44
Shares

काठमाडौँ, २० कात्तिक । दिल्लीमा वायु प्रदुषका कारण श्वासप्रश्वास जन्य रोग जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगबाट पीडित विरामीको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकले बिहीबार बताएका छन् ।

मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पताल विगत केही दिन देखि त्यस्ता बिरामीले भरिएका छन् ।

दिल्लीको दक्षिणी भागमा धुवाँको तह बढ्दै गएपछि बिहीबार, दिल्लीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क “खराब”श्रेणीमा रहेको जनाइएको छ ।

वायु प्रदूषण नियन्त्रण गर्न सरकारले रुख तथा “सडकमा पानी छर्कने दिल्लीको शान्ति पथ क्षेत्रमा स्ट्रिट लाइटका खम्बामा वाटर मिस्ट स्प्रेयर जडान गर्ने” जस्ता विभिन्न उपाय गरिरहेको जनाइएको छ । प्रेस ट्रस्ट अफ इन्डियाको एक अनलाइनका अनुसार “दिल्लीमा प्रदुषित र विषाक्त धुवाँको तह बढ्दै गएका कारण डाक्टरले आँखाको समस्यामा ६० प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेका छन् । डाक्टरले प्रदुषित धुवाँ फोक्सोका लागि मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन् ।”

दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा मेडिसिनका प्राध्यापक पुलिन कुमार गुप्ताले आफू काम गर्ने अस्पतालमा वायु प्रदूषण सम्बन्धी रोगबाट पीडित बिरामीको सङ्ख्या २२–२५ प्रतिशत रहेको बताएका छन् ।

वायु प्रदूषणका कारण दिल्लीका बासिन्दा प्रभावित भएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धा सबैभन्दा धेरै जोखिममा रहेका छन् ।

उनीहरुले दिल्लीका बासिन्दालाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नभइ अत्यावश्क कार्य घरभित्रै बसेर गर्न सल्लाह दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *