स्वास्थ्यमा सरुवा :
परिवार कल्याण महाशाखाको निर्देशक पदमा डा. मदन उपाध्याय
काठमाडौँ, १८ कात्तिक । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशक पदमा डा. मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा उपाध्यायलाई सो महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिने निर्णय गरेकी हुन् ।
परिवार कल्याण महाशाखामा निर्देशक रहेका डा विवेककुमार लाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचारको अभियोग लगाउँदै विशेष अदालतमा मुद्धा दायर गरेपछि उनी निलम्बनमा छन् ।
डा. उपाध्याय भने अहिले वीर अस्पतालमा कार्यरत थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



