मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पौडेल नियुक्त

काठमाडौँ, १८ कात्तिक । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छन् ।
प्रतिष्ठानमा कार्यरत नर्सिङ विभागको विभागीय प्रमुख सह–प्राध्यापकमा कार्यरत उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा २१ बमोजिम डीनमा नियुक्त गरिएको हो ।
नियुक्तिसँगै डा. पौडेलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक नेतृत्व सम्हाल्ने छिन् । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छन् ।
डा. पौडेलले प्रतिष्ठानको नर्सिङ विभागको विभागीय प्रमुख को रूपमा ३ वर्ष ६ महिनादेखि काम गर्दै आएकी छिन् भने त्यसअघि मनमोहन इस्टिच्यसट अफ मेडिकल साइन्स र चितवन मेडिकल कलेज भरतपुरमा काम गरिसकेकी छन् ।
डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा सक्रिय रहदै आइकी छन् ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
