नर्सिङ मागका सम्वन्धमा मन्त्रालयमा चलेको बार्ता अपडेट : सहमति नजिक पुगेर फेरी रोकियो

मेडिकल कलेज सञ्चालकहरु मन्त्री र सचिवसंग थप सल्लाह गर्दै
220
Shares
फाइल फोटो

काठमाडौँ, १५ कात्तिक । नर्सिङ आन्दोलनबाट उठेका मागमा विषयमा सहमतिमा पुग्ने योजनाका साथ आज विहान साढे १० बजेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सुरु भएको बार्ता फेरी रोकिएको छ ।

सहमतिका लागि भन्दै अघि सारिएका प्रस्तावमा आन्दोलनरत नर्सका पक्षबाट सहभागी ज्योति रानाभाटले असहमति जनाउँदै निस्किएपछि अहिले बार्ता स्थगित जस्तै भएको छ ।

बार्तास्थलमा सहभागी एक सदस्यका अनुसार रानाभाट बाहिरिएपछि निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन र निजी अस्पताल प्रतिनिधिहरु पनि बार्ता हलबाट निस्किएका छन् ।

अहिले हलबाट निस्किएर तल मन्त्री ज्यूको कार्यकक्षतिर जानु भएको छ । थप केही छलफल गरेर पुन बस्ने बातावरण बन्छ होला । बार्तास्थलमा रहेका एक सदस्यले भने ।

निर्णायक भनिएको बार्तामा हिजो राती स्वास्थ्य मन्त्री सुधा शर्माले निजी मेडिकल कलेज र निजी अस्पतालहरुका लागि क्रमश सरकारी तलवको सत प्रतिशत र ८० प्रतिशत कम्तिमा हुनु पर्ने लगायतका प्रस्ताव राखेकी थिईन् ।

मेडिकल कलेज सञ्चालकहरुले तत्कालका लागि केही रकम बढाउने र केही समयमा कार्यविधि बनाएर यसलाई अन्तिम टुंगो लगाउने बताएका थिए । आज पनि उनीहरुले सोही आशयको प्रस्ताव अघि सारेपछि नर्सका प्रतिनिधिहरुले आपत्ती जनाएका हुन् । सतप्रतिशत तलव र तत्काल नै देखि हुनुपर्ने अडानमा राख्दै त्यस विपरित गएर अघि बढ्न नसकने बताए पछि पुन गाँठो परेको हो ।

निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बार्ता स्थगित नभएको भन्दै आफूहरु मन्त्री र सचिवहरुसंग छलफलमा रहेको बताए ।

‘बार्ता चलि नै रहेको छ । अघि नर्सहरुको धारणा सुन्यौ । यसपछि हामीले मन्त्री ज्यू र सचिव ज्यूहरुसंग केही छलफल गर्नु पर्ने भयो । अहिले छलफल मै छौँ । बार्ताबाट निस्केका होईनौँ,’ नेपाली हेल्थसंग डा, कार्कीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *