नर्सिङ आन्दोलन : सकारात्मक संकेतसंगै निर्णायक भनिएको आजको बार्ता सकियो, शनिबार विहान पुन: बस्ने

काठमाडौँ, १४ कात्तिक । आन्दोलनरत नर्सको मागका सम्वन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बेलुका बसेको ‘निर्णायक बार्ता’ भोली पुन: बस्ने गरी टुंगिएको छ । यद्धपी बार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको छ ।
स्रोतका अनुसार स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिवद्धय डा. विकास देवकोटा र डिल्लीराम शर्मा समेतको उपस्थितिमा भएको बार्तामा बेलुकाको बार्ता सहमति नजिक नजिक पुगेको छ ।
स्वास्थ्य मन्त्री शर्माले सहमतिमा पुग्नका लागि राखेको प्रस्तावमा आन्दोलनरत नर्स, नर्सिङ संघका प्रतिनिधि लगायतले समर्थन जनाएका थिए । तर, निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका तर्फबाट सहभागी प्रतिनिधिले आफ्नो सदस्यहरुसंग थप छलफल गर्नु पर्ने बताएपछि शनिबार विहान साढे १० बजे पुन: बस्ने गरी आजको बार्ता सकिएको हो ।
‘आज अलि अबेला पनि भयो, केही सरोकारवालाले थप छलफल गर्नु समय माग गर्नु भयो । त्यसैले बार्ता भोली साढे १० बजे पुन: मन्त्रालयमा बस्ने गरी टुंगिएको छ । र अहिले सकारात्मक रुपमा अघि बढेको छ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।
सरकारी सरह तलव सुविधा माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुको माग तत्काल सम्वोधन गर्न प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेकी थिईन् । सो समितिको बैठक आज विहान र बेलुका दुई पटक बसेको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


Chakrabarti campus (PCL nursing) ko tyo bela ko Adalat ko sambodhan le NNC,NAN Swasthya Mantrakaye branch,….. Biswas chhaina. Ahile Gen. z. ko karan le kehi hunchha ki bhanne Believe garnu bahek aru chara chhaina