आन्दोलनरत नर्सको मागका सम्वन्धमा स्वास्थ्य मन्त्रालयमा ‘निर्णायक बार्ता’ हुँदै

काठमाडौँ, १४ कात्तिक । आन्दोलनरत नर्सको मागका सम्वन्धमा विहान एक चरणको बार्ता र छलफलमा बसिसकेको टोली अहिले पुन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो चरणको बार्तामा बस्दैछ ।
अहिलेको बार्तामा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिवद्धय डा. विकास देवकोटा र डिल्लीराम शर्माको समेत सहभागिता रहने बताइएको छ । यसर्थ पनि अहिलेको बार्तालाई निर्णायक बार्ता भनिएको छ ।
नर्सहरुले उठाएको मागका सम्वन्धमा आज विहान एक चरण छलफल भईसकेको छ । माग सम्वोधनका सम्वन्धमा उठेका विकल्पहरुबारे आन्तरिक छलफल गरी निस्कर्षमा पुग्ने हेतुले दिउसो निजी मेडिकल तथा डेन्टल कलेजका प्रतिनिधिहरु, निजी अस्पताल सञ्चालकहरुका प्रतिनिधिहरु र नर्सिङ संघ तथा आन्दोलनरत नर्सका प्रतिनिधिहरु बाहिरिएका थिए ।
अहिले बेलुका पुन: बार्तामा बस्न ताकेता भएपछि प्रतिनिधिहरु पुन: मन्त्रालय पुग्दैछन् ।
‘मन्त्री ज्यू, सचिव ज्यूहरु हुनुहुन्छ । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुका प्रतिनिधि, निजी अस्पताल सञ्चालकहरुका प्रतिनिधि, नर्सिङ परिषद्, स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखा लगायत विभिन्न निकायका प्रतिनिधिहरु उपस्थित भईसक्नु भएको छ । नर्सिङ संघ तथा आन्दोलनरत नर्सका प्रतिनिधिहरु आउँदै हुनुहुन्छ । आजको बैठकले निस्कर्ष निकाल्ने हाम्रो जोड पनि हो,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।
आन्दोलनरत नर्सहरुले निजी अस्पताल तथा स्वास्थ्य संस्थामा आफूहरुको तलव ज्यादै न्युन रहेको भन्दै सरकारी सरह अर्थात स्टाफ नर्स तलव स्केल ३४ हजार ७३० रुपैयाँ हुनु पर्ने माग गर्दै आएका छन् ।
निजी अस्पताल तथा मेडिकल कलेजहरुले उनीहरुको माग पुरा गर्नु अघि आफूहरुका केही समस्याहरुलाई राज्यले सम्वोधन गर्नुपर्ने सर्त अघि सारेका छन् ।
नर्सहरुले माग पुरा गर्न दवाव दिन दिनहुँ दुई घण्टा (विहान १० देखि १२ बजेसम्म) आकस्मिक बाहेक सेवा बहिस्कार गरि अस्पतालहरुमा धर्ना दिदै आएका छन् । मणिपाल मेडिकल कलेजबाट चर्किएको यो आन्दोलनले अहिले देशव्यापी रुप लिईसकेको छ ।
सम्पर्क इमेल : [email protected]


 नेपाली हेल्थ
नेपाली हेल्थ 

 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 