स्वास्थ्य मन्त्री शर्माले लिइन् जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

12
Shares

काठमाडौँ, १० कात्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

मन्त्री शर्माले  सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र  ट्रमा सेन्टर पुगेर आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन् । उनले भनिन्, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ । उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’

उनका अनुसार तीन जना मध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ ।

आन्दोलनका घाइतेहरूलाई भेटेपछि मन्त्री शर्मा गौतमले संवेदना व्यक्त गर्दै भनिन्, ‘यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ ।’

उनले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *